देश

गण्डकीमा युरो मापदण्डका नयाँ गाडीले ट्रायल दिन सुरु

पोखरा, माघ १६–गण्डकी प्रदेशमा कारको सवारीचालक अनुमतिपत्रका लागि अब ३ सय रुपैयाँ शुल्क तिर्न नपर्ने भएको छ । ड्याट्सन कम्पनीको युरो मापदण्डका नयाँ गाडीले ट्रायल दिने व्यवस्था सुरु भएसँगै अब कारको सवारीचालक अनुमतिपत्रका ट्रायल दिन २४ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । सनराइज ड्राइभिङ स्कुलअन्तर्गतको कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा यस्तो व्यवस्था बिहीबारदेखि कार्यान्वयनमा आएको हो ।

सवारीचालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायव उपरीक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष वसन्त भट्टचन र दीपक गुरुङले संयुक्त रुपमा नयाँ व्यवस्थापनसहितको ट्रायल दिने गाडीको रिबन काटेर उद्घाटन गरेका हुन् ।

Featured