देश

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ राख्न १० संगठनको माग

काठमाडौं, माघ १६–विभिन्न १० संगठनले प्रदेश १ को नामकरण ‘लिम्बुवान, किरात’ हुनुपर्ने माग राखेका छन् । लिम्बुवान संघर्ष समितिमा आवद्ध ती संगठनले यसका लागि केही दिनभित्रै शान्तिपूर्ण आन्दोलनसमेत गर्ने भएको छ । वर्तमान प्रदेश १ को भौगोलिक अवस्था तथा सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवं पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नामकरण हुनुपर्ने समितिको तर्क छ ।

विभिन्न राजनीतिक आन्दोलन, विगतमा नेपाल सरकारसँग पटक(पटक भएका सहमतिहरु र २००७ सालको क्रान्ति, जनयुद्ध, जनआन्दोलन तथा मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन र लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई साझा पहिचानको आधारमा उक्त नाम उपयुक्त हुने समितिको ठहर छ । सुरु हुन गइरहेको प्रदेश १ को अधिवेशनमा प्रदेश सभा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकार र राजनीतिक दलहरुबाट उक्त मागलाई सम्बोधनका लागि समितिले अपिल गरेको छ ।

Featured