देश

नेपालीलाई चीनबाट फिर्ता ल्याइहाल्नु नपर्ने सरकारको दाबी

काठमाडौं, माघ १६–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान प्रान्तलगायत अन्य क्षेत्रमा रहेका नेपालीहरूलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था आई नसकेको बताए ।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अस्ट्रेलियालगायतका देशहरूले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । अध्ययनका क्रममा वा कामको सिलसिलामा चीन गएका नेपालीहरूमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए ।

Featured