देश

शिक्षक मृत अवस्थामा फेला

विराटनगर, माघ १६–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी घर भएका ३४ वर्षीय शिक्षक सहदेव राई मृत अवस्थामा फेला परेका छन् । सोही जिल्लाको ऐंसेलुखर्क–५ स्थित शिशु माध्यमिक विद्यालय महेश्वरीमा कार्यरत शिक्षक राई बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय युवराज राईको घरमा कोठा भाडामा लिएर बस्दै आएका मृतक राई बिहीबार बिहान ९ बजेसम्म नउठेकाले सोही विद्यालयका प्रधानाध्यापकलाई बोलाएर ढोका खोली हेर्दा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured