देश

साथी मोहिद्दिनको हत्यापछि दुल्लामियाँ कोलकाता पुगेका थिए

काठमाडौं, माघ १६–बंगलादेशका मोहिद्दिन अहमदको हत्या गरेका दुल्लामियाँ हत्यापछि भारतको कोलकाता पुगेको खुलेको छ । बुधबार पक्राउपछि सार्व्जिनक गरेको प्रहरीले दुल्लामियाँ भारत हुँदै बंगलादेश जान कोलकाता कन्सुलर विभागमा पुगेको खुलेको हो । कल्सुर विभागले भारतहुँदै बंगलादेश जान नमिल्ने बताएपछि उनी फेरि फर्केर नेपाल आएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ ।

काठमाडौँस्थित क्यासिनोका ग्राहक बंलादेशका नागरिक मोहिद्दिन अहमदको ७ माघमा हत्या गरी दुल्लामियाँ फरार भएका थिए । उनीहरू दुवै जना ६ माघमा बंगलादेशबाट काठमाडौँ आएका थिए । सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लामा बसेका उनको हत्यापछि दुल्लामियाँ फरार रहेका थिए ।

प्रहरीसँगको प्रारम्भिक बयानमा मोहिद्दिनले तीन वर्षअघि बंलादेश हुँदै लेबनान पढाउने भन्दै अहमदले तीन लाख बंलादेशी रुपैयाँ लिएको बताएका छन् । उक्त रकम फिर्ता पनि नदिएको र विदेश पनि नपठाएको भन्दै हत्या गरेको मियाँले प्रहरीमा बयान दिएका छन् । मियाँलाई प्रहरीले काँकडभिट्टा हुँदै काठमाडौँ आउने क्रममा लहानबाट बुधबार राति पक्राउ गरिएको कालिमाटी प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरले जानकारी दिए । उनलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

Featured