देश

राजपा सरकारमा सहभागी नहुने, उपसभामुखमा उम्मेदवारी पनि नदिने

काठमाडौं, माघ १६–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय सरकारमा सहभागिता नजनाउने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक एवं पूर्वमन्त्री महिन्द्र राय यादवले राजपाको मुख्य मुद्दा सरकारभन्दा पनि संविधान संशोधन भएको बताए ।

नेता यादवले उपसभामुखमा पनि राजपाले उम्मेदवारी नदिने स्पष्ट पारे । प्रदेश २ मा समाजवादी पार्टीसँग राजपाले सत्ता गठबन्धन तोडेर नेकपासँग केन्द्र र प्रदेश सरकार दुवैमा सहकार्य गर्नसक्ने अनुमान राजनीतिक वृत्तमा भइरहेका बेला उनले समाजवादीसँगको गठबन्धन बलियो रहेकाले नटुट्ने दृढता देखाए । उनले भने, ‘हाम्रो मुद्दा सरकार होइन, संविधान संशोधन हो, त्यसका लागि धेरै मधेसीको रगत बगेको छ ।’

Featured