देश

नेकपा बैठकमा टोलीनेताले मात्रै बोल्न पाउने, सुझाव संकलनका लागि समूहगत छलफलको तयारी

काठमाडौं, माघ १६–नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी दोस्रो केन्द्रीय कमिटी बैठकमा समुहगत छलफलमा जुटेका छन् । हिजो उद्घाटन पछि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर नेकपाका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् । राष्ट्रिय सभागृहमा ८ वटा समूह, पार्टी कार्यालय धुम्बाराहीमा चार र पेरिसडाडाँस्थित कार्यालयमा तीनवटा समूह छलफलमा जुटेका छन् ।

छलफल सुरु हुनुअघि सवै टोलीले टोलीनेता छान्नेछन् । ती नेताले छलफलको निष्कर्ष केन्द्रीय समिति बैठकमा पेस गर्नेछन् । मूल बैठकमा टोलीनेताबाहेकलाई बोल्न प्रतिवन्ध लगाइएकाले समूहगत छलफलमै नेताहरूले आफ्ना धारणा राख्नेछन् । छलफलमा उठेका विषयलाई टोली नेताले बैठकमा राखेपछि प्रतिवेदनलगायत पार्टीका भावी नीति र कार्यक्रम पारित गरेर बैठक सकिने बताइएको छ ।

Featured