देश

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमै पढाउने

सर्लाही, माघ १६सर्लाहीको बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका हुन् ।

स्थानीय स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय तहलाई प्राप्त शिक्षासम्बन्धी अधिकार प्रयोग गरी नगर शिक्षा ऐन निर्माण गरिएको नगर प्रमुख भरतकुमार थापाले बताए । तत्काल कार्यान्वयन सुरु गर्ने गरी निर्माण गरिएको शिक्षा ऐन सार्वजनिक गर्दै नगर प्रमुख थापाले नगरभित्रका सरकारी सेवा सुविधा उपभोग गरिरहेका जोसुकैले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए ।

आफ्नो नगरपालिकामा काम गर्ने कर्मचारी वा आफ्नो नगरभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने गरेको पाइएमा राज्य र नगरबाट उपलब्ध गराइने सम्पूर्ण सेवासुविधा रोक्का गर्नुका साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ मा उल्लेख भएअनुसारको कारबाहीसमेत गर्ने नगर प्रमुख थापाले बताए । रासस

Featured