विदेश

कोरोना भाइरसको खोप बनाउन १ करोड ४४ लाख डलर अनुदान

एजेन्सी, माघ १४–अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ ।फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए ।

उनले आफ्नो फाउन्डेसनले भाइरसविरुद्ध लड्ने किसिमका खोपहरूको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए । अलिबाबा समूहले कोरोना भाइरससँग जुधिरहेको चीन सरकारलाई चिकित्सा सेवामा सघाउन १ अर्ब चिनियाँ युयान उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

Featured