देश

नेकपा बैठक :समूह २ को विवाद मिल्यो, मन्त्रीहरू छलफलमा अनुपस्थित

काठमाडौं, माघ १६–नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा जुटेका १५ वटै समूहले टोलीनेता चयन गरेका छन् । टोलीनेता चयनमा विवाद भएको समूह २ ले समेत अन्ततः सर्वसम्मत टोलीनेता चयन गरेको छ । कसलाई टोलीनेता बनाउने भन्ने विवाद भएपछि मतदानद्वारा टोलीनेता चयनको गृहकार्य भइरहेकोमा नेताहरूको पहलमा सर्वसम्मत नेता चयन भएको छ । २ नम्बरमा कमला रोका प्रमुख, उपप्रमुखमा कृष्णध्वज खड्का र कृष्ण राई चयन भएका छन् ।

त्यसैगरी, टोलीनेता चयन गर्न बाँकी रहेको समूह ६ ले दीनानाथ शर्मालाई टोलीनेता र ३ जनालाई टिप्पणीकर्ता बनाएको छ । जसमा देवी खड्का, देवेन्द्र दाहाल र देवी ज्ञवाली छन् । १ नम्बर समूहमा भने उर्मिला अर्याल र आनन्द पोखरेल टोलीनेता चयन भएका छन् । नेकपाका मन्त्रीहरु भने समूहगत छलफलमा अनुपस्थित छन् । २ नम्बर समूहमा रहेका कृषिमन्त्री घनश्याम भुसाल र शिक्षामन्त्री गिरिराजमणि पोखरेल अनुपस्थित छन् । सो समितिमा रहेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले भने छलफलमा नबोल्ने बताएका छन् ।

Featured