देश

विधेयक संशोधनको माग

धनगढी, माघ १५–सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले निजी तथा साझेदारी व्यवसाय दर्तासम्बन्धी विधेयक संशोधनको माग गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा दुईवटा विधेयक माथिको सामान्य छलफलमा सहभागी सदस्यहरुले यस्तो माग गरेका हुन् । प्रदेशमा लामो समयदेखि अन्यौलमा र अलमलमा रहेर ग्रसित बनेको व्यवसायी र रुग्ण बनेका उद्योगको पक्षमा विधेयक नआएको सांसदहरुको भनाइ छ । गत सोमबारको प्रदेश सभा बैठकमा सुदूरपश्चिममा निजी तथा साझेदारी व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयक टेबुल भएको थियो ।

विधेयकमाथि बुधबार सुरु भएको सामान्य छलफलमा सहभागी प्रदेश सभा सदस्यहरुले संशोधनको माग गरे । सत्तापक्षका सांसद महेशदत्त जोशीले विधेयकको नामसमेत उपयुक्त नभएको बताए । साथै प्रदेशमा लामो समयदेखि अन्यौलमा र अलमलमा रहेर ग्रसित बनेको व्यवसायी तथा रुग्ण उद्योगको पक्षमा विधेयक नआएको भन्दै संशोधनमा जानुको विकल्प नरहेको उनले दावी गरे ।

Featured