देश

राष्ट्रपतिद्धारा वसन्त श्रवण

काठमाडौं, माघ १६–राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार पुगेर वसन्त श्रवन गरेकी छन् । हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९ः०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले बसन्त श्रवण गराए ।

श्रीमद्भागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ । नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा बसन्त श्रवण गर्ने चलन छ । आजबाट बसन्त ऋतु सुरु भएको मनिन्छ ।

Featured