देश

पूर्वमन्त्रीका स्वकीय सचिवको जीम सेन्टरमा निस्सासिएर मृत्यु

ललितपुर, माघ १६–जीम सेन्टरमा साउना (तातो पानीको वाफ लिने कोठा) मा निसास्सिएर पूर्वमन्त्री तथा नेकपा नेतृ थममाथा थापाका स्वकीय सचिव दम्पत्तिको मृत्यु भएको छ । गएराती ललितपुरको सातदोवाटोस्थित फिट एण्ड फाइन जिम सेन्टरमा जीम गरेर स्टीम वाथ का लागि कोठामा छिरेका हस्तकुमार गर्वुजामगर र उनकी श्रीमती नेत्र कुमारी पुनको निधन भएको ललितपुर प्रहरीका एसपी दुर्गा सिंहले जानकारी दिए।

गर्वुजामगर थममाया थापामन्त्री हुदा स्वकीय सचिव थिए । उनीहरु सो जीम सेन्टरमा नियमित जाने गरेको वताइएको छ । जीम सकेर तातोपानीमको वाफ लिन कोठमा छिरेका उनीहरुको अक्सिजन अभावका कारण अस्पताल नपुर्याउदै मृत्यु भएको एसपी सिंहले जानकारी दिए ।

Featured