देश

अहमदको हत्यामा संलग्न काँकडभिट्टाबाट पक्राउ

काठमाडौं, माघ १६–बंगलादेशका नागरिक मोहिद्दिन अहमदको हत्यामा संलग्न उनका साथी नौं दिनपछि भारत भाग्दै गर्दा काँकडभिट्टा नाकाबाट पक्राउ परेका छन् । महनगरीय प्रहरी परिसरबाट खटिएको टोलीले दुल्लामिँया नाम गरेका अहमदका साथीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । बुधबार राति झापाको काँकडभिट्टा नाका हुँदै भारत जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका दुल्लामिँयालाई आजै काठमाडौं ल्याएर सार्वजनिक गरिने प्रहरीले बताएको छ । काठमाडौं क्यासिनाको नियमित ग्राहक ४५ वर्षीया मोहिद्दिन अमहद ढाँकाबाटै जुवा खेल्न काठमाडौं आउँथे । ६ माघमा पछिल्लो पटक उनी जुवा खेल्न काठमाडौं आएका थिए ।

Featured