देश

कोरोना भाइरस प्रकोप :रसुवागढी नाका १५ दिन बन्द

काठमाडौं, माघ १५–चीनमा कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार बुधबारदेखि १५ दिनसम्म रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । नेपालबाट चीनतर्फ जान पनि रोक लगाइएको छ । तिब्बतमा ल्होसार पर्व चलिरहेको, बाटो पनि बिग्रेको र चीनमा कोरोना भाइरसको संक्रमण पनि बढिरहेको हुँदा दुई सातका लागि रसुवागढी नाका बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक देखिएको कोरोनाको संक्रमणबाट त्यहाँ १३२ जनाको मृत्यु भइसकेको छ । करिब ६ हजार जना प्रभावित छन् । नेपालमा पनि कोरोना भाइरसका संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार अन्य केही व्यक्तिलाई संक्रमणको आशंकामा निगरानीमा राखिएको छ । चीनबाहेक कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

Featured