देश

भोलिदेखि विश्वका समस्याबारे काठमाडौंमा छलफल हुँदै

काठमाडौं, माघ १५–विश्वभरमा देखिएका समस्याको समाधान गर्ने उपायबारे काठमाडौंमा छलफल हुने भएको छ । मोडल युनाइटेड नेसनको आयोजनमा उक्त छलफल हुन लागेको हो । ‘विश्वमा कस्ता–कस्ता छन् ? समस्याको समाधान कसरी गर्ने ? आफ्नो भूमिका के हो ? यूएनले समस्या समाधान कसरी गर्छ भन्ने विषयमा विद्यार्थीलाई सिकाउन कार्यक्रमको आयोजना गरेका हौं,’ कार्यक्रमकी महानिर्देशक मोनिसा चौधरीले भनिन् ।

सुरक्षा, मानवअधिकार, नेपाल भारतको सीमा विवाद, अमेरिका इरानको द्वन्द्वजस्ता विषयमा छलफल हुने सचिव चौधरीले बताइन् । तीनदिने कार्यक्रममा अन्तर्रा्ष्ट्रिय प्रतिनिधिसँगै नेपालका ३ सय विद्यार्थीले सहभागिता जनाउनेछन् । कार्यक्रम युनिग्लोब कलेज कमलादीमा हुनेछ ।

Featured