देश

अवैध हातहतियारसहित डडेल्धुरामा एक जना पक्राउ

डडेल्धुरा, माघ १५–अवैध हातहतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका–३ का ५४ वर्षीय नरसिंह नायक रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । परशुराम नगरपालिका–३, द्वारिका गैरखान जंगलमा खटिएको सुरक्षा गस्ती टोलीले अवैध हातहतियारसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

नायकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम हातहतियार खरखजना कसुरमा जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए । नायकको साथबाट एक नाले भरुवा बन्दुक एक थान, चक्कु एक थान, धातुको गोली १६ थान, धातुको छर्रा ९ थान, केप ९ थान, केप बनाउन प्रयोग गरिने पाता ६ थान, बारुद एक बट्टा बरामद गरिएको छ ।

Featured