देश

बसमा पकेटमारी गर्ने तीन जना पक्राउ

भक्तपुर, माघ १५–काठमाडौं–दुवाकोट रुटमा चल्ने बसमा यात्रुको पाकेटमारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भई ललितपुर बस्ने २० वर्षीय नवीन राई, मकवानपुर इपाचोक ८ घर भई ललितपुर बस्ने २० वर्षीय रुबिन कठायत र सिन्धुली घर भई ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजीव गोले रहेको प्रहरीले जनाएको छ ।

पकेटमारी गरी भागिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ११ हजार रुपैयाँ फेला परेको छ । उनीहरूको कारबाही प्रक्रिया अघि बढेको प्रहरीको भनाइ छ ।

Featured