देश

सवारी दुर्घटनामा दम्पतीको मृत्यु

जनकपुर, माघ १५–भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको हो । गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा बा६४प ३०४७ नम्बरको मोटरसाइकल र स१च १८५८ नम्बरको भ्यान एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा एक जना घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । मृत्यु हुनेमा गणेशमान चारनाथ–४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी ४० वर्षीया पत्नी प्रमिला साह रहेका छन् । साह दम्पतीका १० वर्षीय छोरा जोनकुमार साह घाइते भएका हुन् । घटनाका विषयमा छानविन भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।

Featured