देश

तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव

काठमाडौं, माघ १५–सत्तारुढ दलन नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव ल्याउन लागिएको छ । मंगलबार बसेको नेकपाको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित प्रस्ताव ल्याउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शिवमाया निर्वतमान उपसभामुख हुन । नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजेबाट सुरु हुँदैछ । केन्द्रीय सदस्य बनेपछि आजबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पाउने छिन् । तुम्बाहाङ्फे तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलको सदस्यता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यताबाट राजीनामा दिएकी थिइन् ।

Featured