देश

गण्डकी बैंकले दियो बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री

कावासोती, माघ १५–शिक्षाको उज्यालोबाट कोही बालबालिका वन्चित हुन नपरोस भन्दै समाजको अभिन्न अंग बनेर सामाजिक उन्नतिको पहरेदारको साजेदार हुँदै अगाडि बड्न चाहने गण्डकी विकास बैंकले बित्पन्न अवस्था तथा निम्न स्तरका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । नवलपरासीको कावासोती नगरपालिकाको वडा नम्बर १३ स्थित बुढौलिकुनाको कालिका आधारभूत बिद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको हो ।

न्यानो सुइटर, झोला तथा विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको थियो । बैंकको कावासोती साखाको दशौं वर्ष पूरा गरेको उपलक्ष्यमा यस्तो सामाजिक उत्तरदायित्वको कार्यक्रमको आयोजना गरिएको र यस्ता कार्यक्रमहरु फेरी फेरी पनि सन्चालन गर्ने बैकका संचालक पद्यप्रसाद पौडेलले जानकारी दिए ।

Featured