देश

ट्राफिक नियम उल्लंघन गरेमा १० हजारसम्म जरिवाना

काठमाडौं, माघ १४–हिजोआज काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले राखेको एउटा बोर्ड देख्न पाइन्छ जहाँ लेखेको छ– ट्राफिक नियम उल्लंघन गरेमा १० हजारसम्म जरिवाना गरिनेछ ।

उपत्यका मुख्य तथा सहायक सडकमा यस्ता बोर्ड महानगरीय ट्राफिक महाशाखाले राखेको हो । यस्ता बोर्ड सिंहदरबारदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, थापाथलीलगायतका चोक र सडकको बीच लेनमा ठड्याएका छन् ।

Featured