देश

भक्तपुरमा ट्राफिक भवन उद्घाटन

भक्तपुर, माघ १४–सुर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न भएको महानगरीय ट्राफिक प्रहरी कार्यालय भवनको आज उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवनको उद्घाटन गर्दै नेपाल प्रहरीले अपराधीको हकमा जोसुकै भए पनि कडा रूपमा प्रस्तुत भएर कारबाही प्रक्रियामा अगाडि बढ्ने बताए ।

जोसुकै व्यक्तिले अपराध गरे पनि कुनै बहानामा छुट नदिई कानुनको कठघरामा उभ्याउने, भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न नेपाल प्रहरी खटिएको बताए । महानिरीक्षक खनालले महिला र बालबालिकाको हकमा धेरै संवेदनशील हुनुपर्नेमा जोड दिँदै भक्तपुरमा बनेको नयाँ भवनमा यहाँका बासिन्दाको सहयोगसँगै मन र आत्मा जोडिएको बताए । उनले अपराधमुक्त समाज निर्माणको मिसनमा लागेको प्रहरीलाई नागरिकले सघाउनुपर्नेमा जोड दिँदै नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सहयोग गर्न सके मात्र अपराधमुक्त समाजको परिकल्पना साकार हुनेमा जोड दिए ।

Featured