देश

कतारस्थित नेपाली दूतावासको आग्रह :सम्पूर्ण नेपालीले राष्ट्रिय ठेगाना दर्ता गर्नुस्

काठमाडौं, माघ १४–कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपालीहरूलाई आफ्नो राष्ट्रिय ठेगाना दर्तामा सहयोग गर्न अनुरोध गरेको छ । कतार सरकारले कतारमा बसोबास गर्ने सम्पूर्ण कतारी नागरिक, विदेशी नागरिक तथा वैधानिक व्यक्तिहरूले अनिवार्य रूपमा निजहरूको राष्ट्रिय ठेगाना दर्ता गर्नुपर्ने नयाँ व्यवस्था गरेअनुरुप नेपाली दूतावासले त्यस्तो आग्रह गरेको हो ।

सोही व्यवस्थाअनुरूप आफ्नो राष्ट्रिय ठेगाना दर्ता गर्न सूचित गरिदिन भनी कतारको आन्तरिक मामिला मन्त्रालयले २८ जनवरी २०२० मा नेपाली दूतावासलाई पत्राचार गरेको थियो । कतारमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई २६ जुलाई २०२० भित्र आआफ्नो राष्ट्रिय ठेगाना (मेट्रयास २) वा आन्तरिक मामिला मन्त्रालयको वेबसाइट www.moif\.gov.qa अथवा आन्तरिक मामिला मन्त्रालयको सेवा केन्द्रहरू (Service Centers) मार्फत दर्ता गर्न नेपाली दूतावासले सूचित गरेको छ । दर्तासम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट लिन सकिने जनाइएको छ ।

Featured