देश

सभामुखलाई कामकाजमा रोक लगाउनुपर्ने माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, माघ १४–सर्वोच्च अदालतले अग्नि सापकोटालाई सभामुखका हैसियतमा कामकाज गर्न रोक लगाउनुपर्ने माग अस्वीकार गरिदिएको छ । २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या अभियोग लागेकाले सापकोटालाई सभामुखका रूपमा कामकाज गर्न रोक लगाउने आदेश जारी गर्न माग गर्दै दायर रिटमा सर्वोच्चले सो माग अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदकको मागअनुसार सभामुखलाई काममा रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरूद्ध दायर गरेको रिटमा अदालतले सापकोटालाई सभामुखको हैसियतमा कामकाजमा रोक लगाउने र उनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्ने गरी अन्तरिम आदेश जारी गरिरहन नपर्ने भनेको हो ।

Featured