देश

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

डा. पाण्डेले भने, ‘उनी केही दिनअघि मात्र नेपाल फर्किएकी हुन् । ज्वरो आउने र अरु केही लक्षण देखिएपछि आज बिहान टेकू अस्पतालको आकस्मिक कक्षमा आउनुभएको थियो । हामीले अहिले उहाँलाई भर्ना गरी आइसोलेसन वार्डमा सारेका छौँ ।’ आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले आइसोलेसन वार्डमा केहीदिन अघिदेखि रहेकी चिनियाँ प्राध्यापकको रिपोर्टसमेत नेगेटिभ आएको बताइन् ।

Featured