देश

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो ।

त्रिविले आंगिक र सम्बन्धन प्राप्त कलेजमा स्ववियुको कार्यतालिका प्रस्ताव गरेको अखिल छौंटौका अध्यक्ष विमल पोखरेलले बताए । स्ववियुले प्रस्ताव गरेको बैठकमा नेविसंघका प्रतिनिधिभने सहभागी थिएनन् ।

Featured