देश

अपराध र यसको प्रकृति बढ्यो :महान्यायाधिवक्ता खरेल

चितवन, माघ १४–महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताए । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज शिलान्यास गर्दै अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताए ।

५ वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उनले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा २ हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उनको भनाइ थियो ।

१ सय ५० वटा मुद्दालाई हेर्न एक जना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उनले बताए । उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उनको धारणा थियो ।

Featured