विदेश

यूपीमा भेटियो ३८ सय वर्ष पुरानो महाभारतको साक्षी

एजेन्सी, माघ १४–महाभारतकालको खोजलाई मध्यनजर गर्दै उत्तर प्रदेशको सिनौलीमा उत्खनन गर्ने भारतीय पुरातत्त्व सर्वेक्षण (एएसआई)लाई ठूलो सफलता हात लागेको छ । यस उत्खननमा भटिएको अवशेषलाई जाँचका लागि ल्याब लगिएको छ । कार्बन डेटिङ (समय निर्धारण विधि)को जाँचमा ३८ सय वर्ष पुरानो भएको पुष्टि भएको छ । सिनौलीको उत्खननमा भेटिएको एक हौदबारे सिग्रट चेम्बर भएको पत्ता लागेको छ ।

यस चेम्बरको उपयोग अन्तिम संस्कारका लागि शव लिँदा लेप आदि लगाउन गरिन्थ्यो । यसपछि ताबुतमा राखेर जमिनमुनि गाडिन्थ्यो । यस चेम्बरमा दक्षिण दिशाबाट प्रवेशको संकेत मिलेको छ । बागपतको सिनौलीमा २ वर्षसम्म लगातार उत्खनन भइरहेको छ ।

Featured