देश

सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, माघ १४–मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमबार राति पौने ११ बजेतिर मोरङको सुन्दरहरैचा नगरपालिका–४ गछियमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३१ प ८८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी–४ का २६ वर्षीय धीरेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका खत्रीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा ट्रयाक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ करिब पौने ७ बजेतिर कालापानीबाट गोपेटार आउँदै गरेको मे १ त ३३१४ नम्बरको ट्रयाक्टरमा सवार याङवरक गाउँपालिका–५ का ४३ वर्षीय शिवलाल काङवाङ सोही ट्रयाक्टरबाट लडेर घाइते भएका थिए । घाइते काङवाङको उपचारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured