देश

ट्रयाक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु

डडेल्धुरा, माघ १४–ट्रयाक्टरले किचेर बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–१ का ३५ वर्षीय नरेन्द्रराज भट्टराई रहेका छन् । म १ त ११७२ नम्बरको ट्रयाक्टरमा सवार रहेका भट्टराई एक्कासि खसेको बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

ट्रयाक्टरबाट खसेर किचिएका उनको घटनास्थलमै मृत्यु भएको हो । सिमेन्ट र छड बोकेर पाटनवाट सकारतर्फ जाँदै गरेको ट्रयाक्टरमा सवार भट्टराई पाटन नगरपालिकाका–१ को कार्यालयनजिकै खसेका हुन् । चालक कैलालीको धनगढीका दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Featured