देश

संसद् विपक्षीको हो भनेर व्यवहार गर्नुपर्यो :देउवा

काठमाडौं, माघ १४–प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् प्रतिपक्षी दलको भएकाले सोहीअनुसारको व्यवहार सभामुख र सत्तारुढ दलबाट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता देउवाले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई शुभकामना दिँदै सभामुख तठस्थ र निष्पक्ष पद भएकाले संसद् विपक्षीको हो भनेर बुझ्नुपर्ने बताएका हुन् ।

‘प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले २०४८ सालमा हामी सत्तापक्षको हुँदा संसद् विपक्षीको हो भनेर भन्नुहुन्थ्यो’, देउवाले भने, ‘त्यसैले संसद्मा प्रतिपक्षी दललाई विश्वासमा लिएर अघि बढ्दा सरकारलाईसमेत सजिलो हुन्छ र सफलता प्राप्त गर्न सक्छ ।’ बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विषयमा धेरै राम्रो कुरा गरे पनि व्यवहारमा त्यस्तो नपाइको जनाए । ‘प्रधानमन्त्रीले लोकतन्त्रको कति राम्रो कुरा गर्नुभयो । व्यवहारमा पनि त्यस्तै हुनुपर्याे । लोकतन्त्रको खिलाफमा रहेका विधेयक हटाउनु पर्यो नि ?

Featured