विदेश

सुप्रिम कोर्टमा सुनुवाइ सुरु, आफूले दुष्कर्म नगरेको मुकेशको दाबी

एजेन्सी, माघ १४–निर्भया बलात्कार प्रकरणका चार दोषीमध्ये मुकेशको अपिलमाथि सुप्रिमकोर्टमा सुनुवाइ सुरु भएको छ । मंगलबार आफ्नो पक्ष राख्दै मुकेशले राष्ट्रपतिले माफीको अपिल खारेज गर्दा सोचविचार नगरेको आरोप लगाएका छन् । ‘राष्ट्रपतिसमक्ष डीएनए रिपोर्ट पेस गरिएन । यसबाटै मैले दुष्कर्म नगरेको पुष्टि हुन्छ,’ आफ्नो पक्षमा बोल्दै मुकेशले भने । मुकेशले राष्ट्रिपतिले अपिल खारेज गरेको आदेशमाथि सुप्रिम कोर्टमा चुनौती दिएका छन् । साथै १ फेब्रुअरी मा तोकिएको फाँसी पनि रोक लगाउन माग गरेका छन् ।

फाँसीको विषयमा राष्ट्रपतिको फैसला अन्तिम मानिन्छ । तर पनि मुकेशले सुप्रिम कोर्टमा फाँसीबाट बच्न दयाको भीख माग्दै अपिल गरेका हुन् । मुकेशको अपिलमा न्यायाधीश आर. भानुमति, अशोक भूषण र एएस बोपन्नाको इजलासमा आजै साढे ३ बजे फैसला हुनेछ । मुकेशले आफ्नो अपिलमा राष्ट्रपतिले विचार नगरेरै हतारमा अपिल खारेज गरेको आरोप लगाएका हुन् ।

सुप्रीम कोर्टले गत १४ जनवरीमा मुकेशको अपिल खारेज गरेको थियो । सार्थै क्युरेटिभ अपिल पनि खारेज गरिएको थियो । क्युरेटिभ अपिल खारेज भए पनि मुकेशले पुनः अपिल पेस गरेका थिए । सोमबार मुकेशका वकिलले प्रधानन्यायाधीश एसए बाबडेको समक्ष अपिल राख्दै यस विषयमा तुरुन्त सुनुवाइको माग गरेका थिए ।

Featured