देश

प्रहरीले अधिकार दुरुपयोग गर्यो :सांसद ओली

काठमाडौं, माघ १४–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छन् । ‘फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ,’ उनले भनिन्, ’गैरकानुनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, विनाअनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।’

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् ।

Featured