देश

गायिका आस्था राउत धरौटीमा छुटिन

काठमाडौं, माघ १४–गायिका आस्था राउत थुनामुक्त भएकी छन् । जिल्ला प्रशासन कार्यालयले ४ हजार धरौटी लिएर छाड्न प्रहरीलाई निर्देशन दिएपछि आस्था छुटेकी हुन् ।

केही दिनअघि त्रिभुवन विमानस्थलमा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा आस्था पक्राउ परेकी थिइन् । सोमबार पक्राउ परेकी आस्था राति प्रहरीको हिरासतमा नबसी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएर बसेकी थिइन् ।

Featured