देश

प्रदेशसभाले वार्षिकोत्सव मनाउँदै

सुर्खेत, माघ १४–कर्णाली प्रदेशसभाको गठन भएर पहिलो बैठक बसेको अवसरमा मा कर्णाली प्रदेश सभाले वार्षिकोत्सव मनाउने भएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको दिन माघ २१ गतेका दिन पहिलो वार्षिकोत्सव मनाउने प्रदेशसभा सचिवालयले निर्णय गरेको हो । कर्णाली प्रदेशको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । वार्षिकोत्सव तीन दिनसम्म मनाउने निर्णय भएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए ।

‘नेपालको संविधान अनुसार हामीले प्रदेश सभाको पहिलो बैठक भएको दिन वार्षिकोत्सव बनाउने निर्णय भएको छ,’ उनले भने, ‘कर्णाली प्रदेशका लागि त्यो दिन निकै महत्वपूर्ण दिन हो ।’ वार्षिकोत्सवका अवसरमा माघ १९ गते खेलकुद, सरसफाई र दिवावली गरिने, २० गतेका दिन नागरिक समाज, राजनीतिक दलसँग बृहत अन्र्त्क्रिया, २१ गतेका दिन औपचारिक समारोह गरेर गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेशसभामा १० जिल्लाका ४० जना सदस्यहरु सम्मिलित कर्णाली प्रदेशसभा रहेको छ ।

Featured