देश

टिपरले किचेर एकको मृत्यु

सुर्खेत, माघ १४–वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्युु भएको छ । कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मृत्यु भएको हो । वीरेन्द्रनगर–३ गौतम चोकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिप्परले सिंहलाई किचेर करिब २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सिंहका आफन्तले अहिले एरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । उक्त घटना पछि विरेन्द्रनगर तनावग्रस्त बनेको छ ।हत्याको विरोधमा उत्रिएका युवाहरूले बजार बन्द गराउँदै हिडेका छन् ।

Featured