देश

विप्लवका रौतहट जिल्ला सेक्रेटरीसहित २ जना पक्राउ

जनकपुर, माघ १४–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका रौतहट जिल्ला सेक्रेटरीसहित २ जना प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनीहरुलाई चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Featured