देश

म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

काठमाडौं, माघ १४–आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीविरुद्ध ठगीका उजुरीको संख्या बढको छ । गत आवको पहिलो ६ महिनामा म्यानपावरविरुद्ध ५५४ बाट ३५ प्रतिशतले बृद्धि भएर चालू आवको सोही अवधिमा ७४८ उजुरी परेको छ ।

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत वर्षको सुरुका ६ महिनामा ५५४ ठगीका उजुरी परेको जनाउँदै उजुरीकर्ताले १९ करोड ९८ लाख रुपैयाँ दाबी गरेका थिए । यस्तै चालू आवको ६ महिनाको अवधिमा ७४८ युवाले २३ करोड ९१ लाख ६ हजार दाबी गर्दै म्यानपावरविरुद्ध उजुरी दिएका छन् । कारोबार दैनिकबाट

Featured