देश

भारतबाट फर्किँदै गरेका युवकको हिउँमा परेर मृत्यु

डडेल्धुरा, माघ १२–रोजगारीका लागि लामो समय भारतको मुम्बईमा बसेर घर फर्केका बुढीनन्दा नगरपालिका–९ गुइदेलीका पुरन लवार घर नपुग्दै बीच बाटोमै मृत भेटिएका छन् । शनिबार विहान बढीमालिका र बुढीनन्दा नगरपालिकाको बीचमा रहेको पोरखे लेखको हिउँमा उनी मृत अवस्थामा भेटिएका हुन् । भारतको मुम्बईमा काम गरेर घर फर्किएका लवारको शव लल्लरे खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए ।

लवार आफ्नो परिवारको खर्च जोहो गर्नका लागि रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । मृत्युको कारणबारे आधिकारीक जानकारी प्राप्त नभए पनि चिसोका कारणले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । यता मृतक लवारका आफन्तहरुले भने ३ दिन पहिले मार्तडी पुगेको खवर पाएको र त्यसपछि कुनै जानकारी नभएको बताएका छन् ।

Featured