काठमाडौं, माघ १२–आज सभामुखमा निर्वाचन हुदै गरेका नेकपा नेता अग्नि सापकोटाविरुद्ध दायर भएको रिटमा विगतमा सापकोटाकै विक्षमा बहस गरेका न्यायाधीशको इजलासमा सुनुवाई तोकिएको छ । काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा जोडिएका सापकोटामाथि कारवाही नभएको भन्दै अधिकारकर्मी सुशील प्याकुरेलले दायर गरेको मुद्दामा निवेदकको पक्ष र अग्निको विपक्षमा बहस गरेका न्यायाधीश हरि फुयाँलको इजलासमा आज रिटको सुनुवाई तोकिएको छ ।
सर्वोच्च अदालतको ६ नम्वर इजलासमा न्यायाधीश हरि फुयाँलको इजलासमा तोकिएपछि आज सो रिटको सुनुवाई अनिश्चित बनेको छ । सिद्धान्ततः यसअघि आफुले पक्ष या विपक्षमा बहस गरेको र आफन्त पर्नेको मुद्दामा न्यायाधीशले मुद्धा सुनुवाई नगर्ने प्रचलन छ । फुयाँलले यसअघि आफूले अग्निको विपक्षमा मुद्दा सुनुवाई गरेको आधार देखाउदै यो रिटमा सुनवाई गर्न मानेनन भने आज सापकोटाविरुद्धको रिटमा सुनुवाई स्थगित हुनेछ । फुयालसहित अर्का न्यायाधीश हरिकृष्ण कार्किले पनि सो मुद्दामा अग्निको विपक्षमा बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले भने सो मुद्दामा महान्यायाधिवक्ताका हैसियतमा सापकोटाको पक्षमा बहस गरेका थिए । शुसील प्याकुरेलले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसमेतलाई विपक्षी बनाएर दायर गरेको सो रिटमा इजलासले हरेक १५ दिनमा हत्या अनुसन्धानको प्रतिवेदन महान्यायधिवक्ता कार्यालयमार्फत अदालतमा पेस गर्न भनेको थियो । सो आदेश हालसम्म कार्यान्वयन भएको छैन छैन ।
प्रतिक्रिया दिनुहोस