देश

पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा

काठमाडौं, माघ ११–पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’ नारा लिएर उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आयोजना माग्न आफुहरु कचौरा लिएर बसेको आयोजक बोलन्य थली धजगढीका संयोजक यादव जोशीले बताए ।

आयोजना बन्ने आशमा सामान्य जनजीवनका काम गर्न नपाएको र आयोजना पनि नबन्ने अवस्था आएपछि प्रदर्शन गर्न वाध्य भएको उनले गुनासो गरे । सन् २०१२ मा चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती निर्माणको जिम्मा पाएको थियो । तर, सो कम्पनीले लामो समयदेखि आयोजना ओगटेर मात्र बसेको छ । हाल एसआर–६ समेत बनाउने गरी पश्तिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।

Featured