विदेश

इरानी आक्रमणमा ३४ अमेरिकी सैनिक घाइते भएका थिए

एजेन्सी, माघ ११–इरानी जनरल कमाण्डर कासिम सुलेमानीको हत्यापछि जवाफी कारबाही स्वरुप इरानले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा ३४ अमेरिकी सैनिक घाइते भएका थिए । तत्कालीन समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै क्षति नभएको बताएइका थिए । पेन्टागनका एक प्रवक्ताले त्यस आक्रमणमा ३४ जना अमेरिकी सैनिकको टाउकोमा चोट लागेको खुलासा गरेको छ । ती प्रवक्ताका अनुसार १७ जनाको अवस्था गम्भीर थियो । उनीहरुलाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

५ जनवरीमा भएको इरानी आक्रमणपछि ट्रम्पले यस आक्रमणबाट अमेरिक सैनिकमाथि कुनै चोट नआएको दाबी गरेका थिए । ट्रम्पले भनेका थिए, यसमा कुनै नोक्सान भएको छैन, यसकारण अमेरिका इरानमाथि जवाफी कारबाही गरिने छैन ।’ यद्दपी पछिल्लो साता पेन्टागनले आक्रमणका घाइते ११ जनाको उपचार भइरहेको छ । यस साता दावोसमा जारी वल्र्ड इकोनोमिक फÞोरममा यससँग जोडिएको विषय जब राष्ट्रपति ट्रम्पले सोध कि, ‘मैले सुनेको थिएँ, उनहरुको टाउकोमा चोट छ । अन्य समस्या पनि देखिएका छन् । तर म यो रिपोर्ट गर्नसक्छु कि अवस्था धेरै गम्भीर भने छैन ।’

जब टीबीआइको विषयमा उनलाइ सोधियो त उनले भने, ‘म मान्छु कि गम्भीर चोट थियो । मैले पनि देखेको थिएँ ।’ पेन्टागनले अलअसद बेरमा इरानी मिसाइल हमलामा कुनै अमेरिकी सैनिकको मृत्यु नभएको बताएका छ । हमलाका बेला अधिकांश सैनिक बंकरभित्र लुकेका थिए । शुक्रबार रक्षा विभागका प्रवक्ता जोनथन हाफमेनले पत्रकारसँग कुरा गर्दै भने, ‘हमलामा प्रभावित ८ जवानको उपचारका लागि अमेरिका पठाइँदैछ । बाँकी ९ जनाको जर्मनीमा उपचार भइरहेको छ ।’ अधिकारीका अनुसार १७ सैनिक ड्यूटीमा फर्किरहेका थिए । जसमा १६ को उपचार इराक र कुवेतमा भएको थियो । हाफमेनले भनेका छन् कि अमरिकी रक्षामन्त्री मार्क एस्परलाई हमलापछि घाइतेको अवस्थाका बारेमा जानकारी थिएन ।

Featured