देश

एमसीसी संसदबाटै पारित हुन्छः गृहमन्त्री थापा

सुुर्खेत, माघ ११–गृहमन्त्री रामबहादुुर थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) संदद्बाटै पास हुने बताए । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुगेका गृहमन्त्री थापाले एमसीसी जसरी पनि पारित हुने जिकिर गरे । ‘एमसिसिलाई अमेरिकाको सिनेट र नेपालको संसदबाट पारित गर्ने सम्झौतामा उल्लेख भएको छ,’ उनले भने, ‘संसद्मा गएर सम्झौता पारित हुन्छ ।’ एमसीसीका केही बाझिएका बुँदाहरू संशोधन हुने र त्यसैका आधारमा संसद्बाट पारित हुने गृहमन्त्री थापाले बताए ।

‘एमसीसीमा उल्लेख भएका केही बुँदा बाझिएका छन्,’ उनले भने थपे, ‘केही बुँदा संशोधन भएर संसद्बाट पारित हुन्छ ।’ एमसीसी सम्झौता कांग्रेस सरकारको पालामा भएको र अहिलेको सरकारले त्यस सम्झौतालाई निरन्तरता दिएको गृहमन्त्री थापाले बताए ।

विप्लवका गतिविधि पूर्ण निर्मूल हुनेछन्
यस्तै गृहमन्त्री थापाले विप्लव समूहका गतिविधि अहिले नियन्त्रणमा आएको र अब पूर्ण रुपमा निर्मुल पारिने बताएका । विप्लव समूह संविधान विरोधी र राज्य बिरोधी शक्ति रहेकोले पूर्ण नियन्त्रण लिइने बताए । ‘कुनै पनि राज्य विरोधी गतिविधि गर्नेको शक्ति नियन्त्रणमा आएको छ ।’ उनले भने, ‘अबका गतिविधि पनि पूर्ण रुपमा निर्मुल नै पारिन्छ ।’

देश विखण्डन गर्छु भन्ने शक्तिलाई राज्यको मुलप्रवाहीकरणमा ल्याएको स्मरण गारउँदै थापाले भने, ‘विप्लव समूहका गतिविधि पनि पूर्ण निर्मुल हुन्छन् ।’ विप्लव समूहलाई प्रशानिक माध्यमबाट र वार्ताको माध्यमबाट समस्या समधान गरिने गृहमन्त्री थापाले बताए । ‘हामीले दुबै ढोका खुला राखेर काम गरेका छौं,’ उनले भने, ‘अब पूर्ण रुपमा समाधान गर्न पहल थालिने छ ।’

Featured