देश

दैलेखमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत, माघ १०–दैलेखको भगवतीमाई गाउँपालिका–४ को मन्घरमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–५ का २० वर्षीय भीमबहादुर बिक रहेका छन् । भे १ त ९७७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बिकको मृत्यु भएको र २ जना घाइते भएको इलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए ।

उनका अनुसार घाइते हुनेमा भगवतीमाई गाउँपालिका–५ कट्टीका १९ वर्षीय सहचालक ललित विक र सोही ठाउँ निवासी २८ वर्षीय चालक दीपक बिक रहेका छन् ।

Featured