देश

ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

जनकपुर, माघ १०–कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले झण्डै १५ वर्षपछि पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका– १६, कपिलेश्वरबाट फरार अमित मण्डललाई पक्राउ गरेको हो ।

२०६२ को १५ मंसिरमा घाँस काट्न गएकी सुशीलाकुमारी मुखियालाई हत्या गरी शौचालयमा राखेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरका मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

Featured