देश

थाइल्याण्डमा प्रियंकाको कामुक अवतार

काठमाडौं, माघ १०–केही अघि नायिका प्रियङ्का कार्कीले ‘कसको ब्याचलर पार्टी हुँदै छ ? पत्ता लगाउनुहोस्’ भन्दै सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरिन् । उनी अहिले साथीहरूसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा छिन् । ब्याचलर पार्टी भन्दै उनले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीर भने यतिबेला भाइरल बनेका छन् ।

समुद्रमा जहाजभित्र साथीहरूसँग मस्ती गर्दै गरेका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गरेलगत्तै समुद्र किनारका उनका कामुक तस्वीर यतिबेला चर्चामा छन् । धेरैले यसलाई प्रियंकाको ‘थाइल्याण्ड हट अवतार’ भनेका छन् । नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हुन् ।

Featured