विदेश सूचना/ प्रबिधि

आफ्नो भू–उपग्रहलाई हतियार सम्पन्न बनाउँदै फ्रान्स

द भर्ज, साउन १३-फ्रान्स अन्तरिक्षमा रहेका भू–उपग्रहलाई हतियार सम्पन्न बनाउने तयारीमा अघि बढेको छ। फ्रान्सले सन् २०३० सम्ममा  उसका सम्पूर्ण भू–उपग्रहमा हतियार जडान गरिसक्ने घोषणा गरेको हो।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले यसै महिनाको सुरुवातमा  आफ्ना भू–उपग्रहलाई रक्षा गर्नका लागि यस्तो उपाय अपनाउन लागेको बताएका छन्। फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सले नानो सेटेलाइट बनाएर त्यसमा हतियार जडान गरिने बताए।

अन्तरिक्ष रक्षाका लागि सरकारले प्रारम्भिक चरणमा ७ सय मिलियन युरो बजेट छुट्याउने पार्लीको भनाइ रहेको छ। सन् २०२५ सम्ममा भू–उपग्रहमा हतियार जडान गर्न फ्रान्सले ४.३ अर्ब युरो खर्च लाग्ने बताइएको छ।

यस कार्य आफूहरुले अन्यलाई आक्रमण गर्न नभएर आत्मरक्षाको लागि गर्न लागेको फ्रान्सको भनाइ रहेको छ।

 

Featured