देश

वैदेशिक रोजगारको नयाँ एप सार्वजनिक

काठमाडौं, माघ १०–वैदेशिक रोजगारमा जाने नेपालीहरूका लागि लोकप्रिय बनेको वैदेशिक रोजगारू एपको नयाँ अपडेट गरिएको छ । पुरानो एपमा केही प्राविधिक समस्या आएपछि नयाँ एप सार्वजनिक गरिएको साझा सवाल मिडियाका पत्रकार एवं एपका सञ्चालक मनोज पराजुलीले बताए ।

पुरानै नाममा प्ले स्टोरमा उपलब्ध नयाँ एपमा पहिलेको भन्दा धेरै फिचर राखिएको उनले बताए । प्रयोगकर्ताको रुचि र आवश्यकतालाई ध्यान दिँदै आगामी दिनमा एपमा थप फिचरहरू अपडेट गरिने उनले बताए । पहिलेको पुरानो एप चलाइरहेकाहरूले उक्त एप अनस्टल गरेर नयाँ एप इन्स्टल गर्न सक्नेछन् ।

Featured