देश

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा शासन अन्त्य गराउन सफल शहीदहरूसँगै अन्यलाई पनि यो सप्ताहमा स्मरण गरिन्छ । २०६२/०६३ सालको जनआन्दोलन अघि राणा शासन हटाउन प्रमुख भूमिका खेल्ने शहीदहरूलाई सप्ताहमा सम्झना गरिए पनि अहिले २०४६ सालको पहिलो र दोस्रो जनआन्दोलनका शहीदहरूको पनि सम्झना गरिन्छ ।

शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झना गरिँदै छ । प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिमा १९९७ सालमा सबैभन्दा पहिले शास्त्रीलाई मृत्युदण्ड दिइएको हो । ७४ वर्षपहिले आजैका दिन टेकुको खरीबोटमा झुण्ड्याएर राणा शासकहरूले शास्त्रीको हत्या गरेका हुन् । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहान टेकु खरीबोटमा रहेको शुक्रराजको शालिकमा माल्यार्पण गरेको छ । साताभ काठमाडौं महानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरिने महानगरले जनाएको छ ।

Featured